चितवन, वैशाख २५ । जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवनले नक्कली सीआइडी बनेर चोरी गर्दै हिँडेका ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा घर भई चितवन भरतपुर महानगरपालिका वडा नं.११ बस्ने २२ वर्षीय बमल गुरुङ, भरतपुर ११ का २५ वर्षीय सागर कुमाल, बाग्लुङ जैमिनी नगरपालिका वडा नं.८ घर भई हाल भरतपुर ११ बस्ने बर्ष २४ का जिवन पौडेल,बर्ष २० का समिर कुमाल, भरतपुर १० बस्ने २२ वर्षीय निर्दोष थापा क्षेत्री र भरतपुर ११ का २१ वर्षीय सन्दिप गुरुङ रहेका छन् ।
वैशाख २३ गते भरतपुर महानगरपालिका वडा नं.१० सिनर्जीचोकमा रहेको शुष्मा गुरुङको घरमा बिमल गुरुङ र सागर कुमाल सीआइडी हुँ भन्दै चोरी गरेका थिए । पछि अनुसन्धानका क्रममा वाँकी चार जना पक्राउ परेका थिए । चितवन प्रहरीका प्रवक्ता डिएसपी सरोज गिरीका अनुसार चाँदिको बाला थान १ र नगद रु.४६,००० (अक्षरुपी छयालिस हजार मात्र) चोरी गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले आज जनाएको छ ।
नक्कली सीआइडी भन्दै चोरी गर्नेहरु पक्राउ
