बाघले आक्रमण गर्दा एक जना घाइते

चितवन, वैशाख २५ । बाघले आक्रमण गर्दा चितवनमा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजा दिउसो राप्ती नगरपालिका ६ प्यारीढाप भन्ने स्थानमा आक्रमण गर्दा सोही ठाउँका ३३ वर्षीय उमेश राई घाइते भएका हुन् । भैसी चराउन जाँदा राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले आक्रमण गरेको थिया । घाइते राइको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: