प्रधानमन्त्री ओलीको स्वाव लिइयो

वैशाख २४ । कोरोना संक्रमण परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ ।

आज बालुवाटारमा प्रधानमन्त्री, स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यसअघि गत बुधबार प्रतिनिधिसभाका सांसदहरु र कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो जसमा ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । वैशाख २७ गते बस्ने विशेष अधिवेशनका लागि स्वाव संकलन गर्ने परीक्षण गर्ने कार्यलाई तिव्रता दिइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: