चितवनमा ९ कोरोना संक्रमितको मृत्यु

चितवन, वैशाख २४ । चितवनमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चौविस घण्टाको अन्तरालमा जिल्लाका विभिन्न अस्पतालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वाथ्य कार्यालय चितवनले जानकारी दिएको छ । मृत्यु हुनेहरुमा चितवनका २ जना रहेका छन् ।
भरतपुर अस्पतालमा चितवनका एक, नवलपुरका एक र रुपन्देहीका २ गरी चार जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा नवलपरासी र कैलालीका एक एक जनाको मृत्यु भएको छ । कलेज अफ मेडिकल साइन्सेसमा चितवनका एक र रुपन्देहीका दुई गरी तीन जनाको मृत्यु भएको हो ।
जिल्लाका तीन अस्पतालका भन्टिलेटरमा ११ जना, आइसीयूमा ६३ जना र एचडीयूमा ३७ जना उपचारत रहेका छन् । जिल्लामा तीन एन्टीजेन सहित २२१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएसँगै कुल संक्रमितको सख्या ९ हजार ९० पुगेको छ । जिल्लामा हालसम्म १२९ जनाको मृत्यु भएको छ भने ६ हजार ९८४ जना निको भएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: