महामारी र बन्दावन्दीमा निकुञ्ज भित्रको सुरक्षा व्यवस्थामा कडाइ

चितवन, वैशाख २३ । महामारी र बन्दावन्दीमा निकुञ्जभित्र हुन सक्ने चोरी सिकार नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जले थप सुरक्षा बढाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले सदाको जस्तै नियमित कार्यलाई निरन्तरता दिँदै थप सुरक्षा अपनाइएको बताउनुभयो ।
वन्दावन्दी र महामारीमा तस्करहरुले निकुञ्जमा मौका छोपेर चोरी सिकार गर्ने पुराना तथ्यलाई ध्यान दिँदै नेपाली सेना र निकुञ्जका कर्मचारीहरु मिलेर सुरक्षा व्यवथा थप मजबुद गराइएको हो ।
बरालका अनुसार जिल्लामा जारी निषेधाज्ञाका कारण निकुञ्ज भित्र आधिकारि व्यक्तिलाई बाहेक अन्यलाई प्रवेश गर्न दिइएको छैन । नेपाली सेनाले नियमित गस्ती, स्वीपिङ, पेट्रोल गरिरहेको छ भने व्याकअप फोर्स समेत परिचालन हुँदै सम्भावित घटनाहरुको विश्लेषण सहित सुरक्षा दिइरहेको छ ।
निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गणका प्रमुख सेनानी सुधिर केसीले हात्ती,डुँगा,साइकल,जीप,पैदल गस्तीबाट नियमित काम भइरहेको र पेट्रोल बढाएको बताउनुभयो । पछिल्लो एक हप्तामा अनुमति विना निकुञ्जभित्र प्रवेश गर्ने करिव ३५ जनालाई पक्राउ गरेर निकुञ्ज प्रशासनलाई बुझाइदिएको केसीले बताउनुभयो । वन्दावन्दीमा आफ्नो नियमित काम गुमेपछि आर्थिक अभावमा रहेर पहिलेका तस्कहरु निकुञ्जलाई निशाना बनाउनेतर्फ सचेत हुँदै सीसीटिभी, ड्रोन र स्मार्ट आई विधिबाट अनुगमन भइरहेको उहाको भनाई छ ।
निकुञ्ज सुरक्षाका लागि ५३ वटा पोष्टबाट करिव १२ सय नेपाली सेना खटिएको छ ।

यो समय फरार अभियुक्तहरुको खोजी र निगरानीलाई पनि तिव्र बनाएको भन्दै कोभिड १९ को संक्रमण हुन नदिन दुई स्थानमा हेल्थ डेक्स स्थापना गरिएको छ । प्रारम्भिक चरणको स्वास्थ्य जाँचका लागि माडी नगरपालिकासँग समन्वय गरी ठोरीबाट आउनेहरुका लागि बगईमा र चितवनबाट जानेहरुका लागि कसरा प्रवेश नाकामा हेल्थ डेस्क राखिएको हो । साथै विदामा बसेर आउने सैनिकहरुलाइ तीन हप्ता देखि एक महिना क्वारेनटाइनमा रोखर मात्रै नियमित ड्युटीमा लगाइएको प्रमुख सेनानी केसीले जानकारी दिनुभयो । हालसम्म कुनै पनि सेनालाई संक्रमण नभएको र उच्च सकर्तता अपनाइएको उहाँको भनाई छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: