नवनियुक्त गण्डकी प्रदेशप्रमुख पौडेलद्वारा पदभार ग्रहण

वैशाख २२ । गण्डकी प्रदेशप्रमुखमा नियुक्त सीता पौडेलले पदवहाली गर्नुभएको छ । आज बिहान ११ बजे उहाँले पदभार ग्रहण गर्दै प्रदेश प्रमुखको कार्यालयमा ११ बजे नियमित कार्यक्रमको रजिस्टरमा हस्ताक्षर गर्दै पदभार सम्हाल्नुभएको छ ।

पदवहालीको क्रममा बोल्दै पौडेलले गण्डकी प्रदेशका जनताको अभिभावक भएकाले कुशल भूमिका निभाउने बताउनुभयो । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले अमिक शेरचनलाई पदमुक्त गर्दै पौडेललाई गण्डकी प्रदेशप्रमुखमा नियुक्त गर्नुभएको थियो । सोमबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्तलाई पदमुक्त गर्नुभयो । सुदूरपश्चिम प्रदेशप्रमुखमा पूर्वउपसभामुख गंगाप्रसाद यादवलाई नियुक्त गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: