गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि

वैशाख २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ । आज एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएपछि पीसीआर परीक्षण गराउँदा पनि उहाँलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिनुभयो । मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा नै बस्ने उहाँको भनाई छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: