चितवनको राप्ती ११ मा ट्याक्टर खस्दा ५ जनाको मृत्यु

चैत २९ । चितवनमा फेरि अर्को सवारी दुर्घटना भएको छ । आज विहान मात्रै म्याजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको चितवनमा अघि साँझ ट्याक्टर खस्दा ५ जनाको मृत्यु भएको हो ।

साँढे ७ बजेतिर राप्ती नगरपालिका ११ आंमपानीको चिउडे खोला भन्ने स्थानमा थाकलटारबाट चिउडेखोला तर्फ आई रहेको ना१त ६२८२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट करिव २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ट्याक्टरमा करि २०/२५ जना सवार मध्य ५ जना को मृत्यु भएको र अन्य घम्भिर घाइते रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घाइतेहरुको सरकारी अस्पताल, पुरानो सि एम एस र सि एम सि मा उपचार भइरहेको छ । बिस्तृत विवरण आउन बाकी छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: