राजनीतिमा धेरै जालझेल हुने रहेछ भन्ने बुझ्दैछु ः डा. शशाक कोइराला

चितवन, चैत २९ । नेपाली काँग्रेसका महामन्त्री एवम सांसद डा. शसाक कोइरालाले नेपाली राजनीतमा धेरै जालझेल हुने गरेको बताउनुभएको छ ।

नवलपुर गैँडाकोट ८ का काँग्रेस नेता तिलक सापकोटाको पुस्तक यात्रा निरन्तरको विमोचन कार्यक्रममा बोल्दै डा कोइरालाले नेपाली राजनीतिमा हुने जालझेल आफूले बुझ्दै गरेको बताउँदै नेता तिलक सापकोटाको त्यागी र साधरण जीवनबाट पाठ सिक्नुपर्ने बताउनुभयो । नेता सापकोटाले पाउने टिकट समेत आफूले खोसेको स्वीकार्दै नेता कोइरालाले सापकोटाको सहयोगले आफू निरन्तर चुनावमा विजयी भएको बताउनुभयो ।

पहिलो चुनाव २०६४ मा सापकोटाको सहयोग भएकै कारण आफू निरन्तर जित हासिल गरिरहेको र सवै श्रेय उहाँमा जाने बताउनुभयो । कार्यक्रममा प्रथम राष्ट्रपति डा रामबरण यादव प्रमुख अतिथि रहनुभएको थियो । नेता गगन कुमार थापा लगायतले सम्वोधन गर्दै सापकोटाको साधरण जीवनशैली र पार्टीप्रति गरेको त्यागको विषयमा बोल्दै थप शुभकामना दिनुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: