पत्रकार महासंघ नवलपुरको दोस्रो स्थापना दिवस आज

फागुन १८ । नेपाल पत्रकार महासंघ नवलपुरले आज दोस्रो स्थापना दिवस मनाउँदैछ । नवलपरासी जिल्ला दुई जिल्लामा विभाजित भएपछि नवलपुरमा पत्रकार महासंघ शाखा स्थापना गरिएको थियो । २०७५ साल फागुन १८ गते स्थापना भएको शाखाले आज आफ्नो दोस्रो स्थापना दिवसको अवसर पारी लक्ष्मीनारायण बृद्धाश्रम पिठौलीमा फलफूल वितरण गर्ने भएको अध्यक्ष होमराज रानाभाटले जानकारी दिनुभयो ।
दिउँसो २ः०० बजे सोही बृद्धाश्रममै पुगेर कार्यक्रम गर्ने उहाँको भनाई छ । साथै स्थापना दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष रानाभाटले श्रमजीबीको मुद्दामा महासंघ सधैँ एक भएर अघि बढिरहेको र बढिरहने बताउनुभयो । यो मुद्दामा मुर्तरुप पाउन सबैको साथ र एकता आवश्यक भएको भन्दै आजको स्थापना दिवसले थप एकता र जनताको आवाज उठान गर्ने हौसला सवैलाई मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
महासघ नवलपुर शाखाले २०७६ फागुन १८ गते प्रथम स्थापना दिवस शान्ति आधारभुत विधालय मध्यविन्दु १ सेतापानीमा आवासिय रुपमा अध्ययन गरीरहेका अनाथ वालवालिकाका लागि खाध्यान्न सहयोग गरी मनाएको थियो । विधालयका २३ जना अनाथ असाहाय विधार्थी आवासिय रुपमा अध्ययन गर्दै आइरहेका थिए ।
महासंघले यसै वर्षको पौष १८ गते प्रथम साधारण सभा समेत सम्पन्न गरेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: