चितवनमा तथ्याङ्कीय व्यवसायिक रजिष्टर तयार पारिने

चितवन, फागुन १० । चितवनमा तथ्याङ्कीय व्यवसायिक रजिष्टर तयार पारिने भएको छ । तथ्याङ्क कार्यालय चितवनले उक्त रजिष्टर तयार पार्ने कार्यालय प्रमुख यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा संचालित आर्थिक क्रियाकलाप संचालन गर्ने उद्योग व्यवसायहरुको विवरण राखेर उक्त रजिष्टर तयार पारिने भएको हो । त्यसका लागि आज जिल्लाका सरकारी कार्यालयका प्रमुख प्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिहरुवीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय परिसरमा सम्पन्न अन्तरक्रियामा बोल्दै भण्डारीले यसरी तयार पारिने रजिष्टरको आधारमा दोस्रो आर्थिक गणना २०८० लाई सहयोग पुग्ने र सोही अनुसारको योजना बनाई नीति निर्माण तथा निर्णयमा पुग्न सहज हुने बताउनुभयो ।
अहिले सरकारी कार्यालय अनुसार फरक फरक तथ्याङ्क रहदा दुविधा उत्पन्न भइरहेकाले यो कार्य सम्पन्न पश्चात सवैतिर एकै तथ्याङ्क हुने र काम गर्न सजिलो हुने भण्डारीको भनाई छ । रजिष्टर तयार पार्नका लागि गणकहरु जिल्लमा खटाइसकिएको उहाँले बताउनुभयो ।
दाङ, पाल्पा र दोलखामा पाइलटको रुपमा यसको कार्य भएपछि चितवनमा पनि सुरु भएको हो । दुई आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा विभिन्न सरकारी कार्यालयमा दर्ता भएका उद्योग व्यवसायहरुको यो पटक तथ्याङ्क संकलन गरिनेछ । उद्योग व्यवसायको प्रकृति अनुसार फरक फरक तथ्याङ्क सकलन गरिने हुँदा यसले जिल्लाको योजना निर्माणमा थप टेपा पुग्ने विश्वास लिइएको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कार्यालयमा भएका सूचना चाँडै र तथ्यमा आधारित भई तथ्याङ्क दिन निर्देशन दिनुभएको छ । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले तथ्याङ्कले सहि मार्गमा हिँड्न प्रेरित गर्ने र यसबाट समृद्धिको यात्रा तय हुने बताउनुभयो । विकासको मुख्य आधारनै तथ्याङ्क भएकाले एकै प्रकारको सहित र सत्य तथ्याङ्क संकलन गरी रजिष्टर तयार पार्दा जिल्लाको विकासमा थप सहयोग पुग्ने भन्दै उक्त कार्यका लागि सहयोग गर्ने बताउनुभयो ।कार्यक्रममा सुपरीवेक्षक रुद्रप्रसाद अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: