माछापुच्छ्रे बैकको १५६ औँ सेवा केन्द्र कावासोतीमा विस्तार

कावासोति, १० फागुन । माछापुच्छ्रे बैकले शाखा रहित बैंकिंग सेवा विस्तार गरेको छ । कावासोति नगरपालिका वडा नम्बर ४ मा माछापुच्छे बैंक लिमिटेडले १५६ औं शाखा रहित बैंकिंग सेवा बिस्तार गरेको कावासोतीका शाखा प्रबन्धक शेषराज पोखरेलले जानकारी दिनुभयो ।
कावासोति शाखा कार्यालय अन्तर्गतको भने ८ औँ सेवाकेन्द रहेको पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा उप प्रमुखले कार्यक्रममा बैंक तथा वित्तीय संस्थाले ग्रामिण क्षेत्रका कृषक, व्यावसायिहरुको भावना अनुरुप सेवाकेन्द विस्तार गरेकोमा नगरपालिकाको तर्फबाट शुभकामना व्यक्त गर्दै कृषिको क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने सुझाव दिनुभयो ।
यो संगै बैंक तथा वित्तीय संस्थाले घर घरमा पुगेर वित्तीय साक्षरता प्रधान गर्न पनि उनले आग्रह गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष डासुराज पोखरेलले बैकहरुले शाखा रहित बैक मार्फत ग्रामिण क्षेत्रमा पुर्याएको योगदानको खुलेरै प्रशंसा गर्नुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: