पूर्व सांसद रानाभाटको निधन

फागुन १० । नेपाली कांग्रेस चितवनका नेता पुर्व सांसद एकनाथ रानाभाटको आज निधन भएको छ । ६६ बर्षको उमेरमा उहाँको उपचारको क्रममा आज निधन भएको नेपाली काँग्रेस जिल्ला सभापति जित नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
उहाको निधनले नेपाली कांग्रेसले एक निष्ठावान नेता गुमाएको भन्दै रानाभाट प्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै सभापति श्रेष्ठले शोकसन्तब्ध परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्नुभएको छ ।
रानाभाटको भोलि उहाको निवास रत्ननगर–१४ पिठुवा वाट बिहान ७ः३० बजे शवयात्रा गरि बिहान ८ः३० बजे देखि बिहान ९ः३० बजे सम्म शव जिल्ला पार्टी कार्यलयमा राख्ने र त्यस पश्चात् पवित्र तिर्थ स्थल देवघाटमा अन्त्यष्टी गरिने श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: