सर्बोच्च अदालतको फैसलालेनै संसद पुर्नबहाली हुन्छ : नेता थापा

फागुन १० । नेपाली काग्रेंसका केन्द्रीय सदस्य गगन थापाले संसद पुर्नस्थापनाको आन्दोलन, संसदीय निर्बाचन र पार्टीको महाधिबेशन एकै साथ अघि बढाउनु पर्ने दायित्व काग्रेसमा आएको बताउनुभएको छ । बर्तमान केपी सरकारको सर्बसत्ताबादका बिरुद्ध नेपाली काग्रेस संसद पुर्नस्थापनको पक्षमा सडकमा आन्दोलनमा रहेको बताउँदै सडकबाद संसद पुर्नस्थापना भन्दा पनि सर्बोच्च अदालतको फैसलाले नै संसद पुर्नबहाली हुने थापाले बताउनुभयो ।
नेपाली कागे्रस नवलपुरका कार्यकर्ताहरुलाई हिजो पार्टी कार्यालयमा सम्बोधन गर्दै नेपाली काग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य थापाले सो कुरा बताउनुभएको हो । युवा नेता थापाले मुलुक यतिबेला संकटमा परेको बताउँदै नेपाली कागे्रस पार्टिले फेरी एक पटक यो संकटको समाधान गर्न नेतृत्व लिनुपर्ने समय आएकोमा जोड दिनुभयो ।
पूर्ब मन्त्री तथा केन्द्रीय सदस्य थापाले बर्तमान सरकार जनता प्रति उत्तरदायी नभएको मुलुकलाई गम्भीर अबस्थामा पुरयाउन उद्दत रहेको र यो गम्भीर अबस्थामा कागे्रसले संयमित भएर देश र जनताको पक्षमा आवाज बुलन्द गर्दै ठोस निर्णय गर्ने समय आएकोमा जोड दिनुभयो । नेपाली कागे्रस हुप्सेकोट र नेपाल तरुण दल देबचुलीको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले नेपाली काग्रेसले युवाहरुको बिदेश पलायन रोक्न गम्भीर हुनुपर्ने बताउँदै जब सम्म यो रोकिन्न तब सम्म मुलुक परिबर्तनको संघारमा उभिनै नसक्ने बताउनुभएको छ । मुलुक यतिबेला जटिल अबस्थामा रहेको बताउँदै काग्रेसले सोचेर जनताको बिश्वास लिदै आगामी निर्बाचनबाट बलियो र जनउत्तरदायी सरकार बनाउनुपर्ने बताउनुभयो । कागे्रसले आगामी निर्बाचनमा सजिलै जित्ने बताउँदै कम्युनिष्टहरु फुटेको यो अबस्थामा काग्रेसले सहज फाईदा लिने पनि काग्रेस केन्द्रीय सदस्य थापाले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: