प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस, निर्णायक भूमिका काँग्रेसको

फागुन १० । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । आइतवार प्रदेश सभामा उक्त प्रस्ताव पेश भएको हो । प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्नुभएको हो ।

मुख्यमन्त्री राईविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले गएको पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । मुख्यमन्त्री राईविरुद्ध नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली २०७४ को १२९ ९१० बमोजिम अविश्वासको प्रस्ताव पेस भएको नेकपा प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सरकार तथा ओली पक्षका सांसदको उपस्थिति विनै बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस गर्न अनुमति दिनुभएको छ । बैठक आउँदो २० गतेसम्मका लागि स्थगित भएको छ । विश्वासको मत लिन मुख्यमन्त्रीलाई नेपाली काँग्रेसको साथ आवश्यक पर्दछ । पार्टी भित्रैबाट अविश्वासको प्रस्ताव पेश भएपछि ओली समूहले बैठकमा अनुपस्थित जनाएको थियो । काँग्रेसले कुन समूहलाई समर्थन गर्ने भन्ने निर्णय अझै वाहिरीएको छैन । काँग्रेस भित्र पनि दुई धार देखिएकाले प्रचण्ड माधव समूहलाई साथ दिएर अविश्वासको प्रस्तावको पक्षमा साथ दिने की मुख्यमन्त्रीलाइ अन्यौलता कायमै रहेको छ । केन्द्रीय समितिको निर्देशन पर्खिएको प्रतिक्रिया प्रदेश १ काँँग्रेसले दिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: