लागू औषध सहित चितनमा मानिसहरू पक्राउ

फागुन ८ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलिले लागु औषध सहित मानिसहरुलाई पक्राउ गरेको छ । फागुन ५ गते भरतपुर महानगरपालिका वडा नं.१७ गाजीपुरमा २७ वर्षीय धिरज लामाको साथबाट लागू औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ २ ग्राम ८७० मिलिग्राम बरामद गरी उनलाई पक्राउ गरिएको छ । चितवन जिल्ला अदालतबाट दिन ०७ (सात) को म्याद अनुमति लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । त्यस्तै
फागुन ६ गते दिउँसो भरतपुर महानगरपालिका वडा नं.१७ बस्ने ४० वर्षीय गोबिन्द राउत पक्राउ परेका छन् । उनले लुकाई राखेको अवस्थामा लागू औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ १ ग्राम ५७ मिलिग्राम बरामद गरी निजलाई पक्राउ गरी ७ (सात) को म्याद अनुमति लिई थप अनुसन्धान भई रहेको छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: