संविधानको रक्षार्थ आगोसंग खेलिरहेका छौं : अमृता थापा

फागुन ८ । अखिल नेपाल महिला संघ, केन्द्रीय अध्यक्ष अमृता थापा मगरले संविधानको रक्षा गर्न आगोसंग लडिरहेको बताउनुभएको छ । अखिल नेपाल महिला संघ, नवलपुर संघर्ष समितिले आज कावासोतीमा आयोजना गरेको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम बोल्दै थापाले जुन संविधानमा सयौं बर्षदेखि लडेर महिला अधिकारको विषयलाई सुनिश्चित गरिएको थियो त्यहि संविधान च्यातिन खोजिएको र त्यसैलाई जोगाउन आफूहरू आगोसंग लडिरहेको उहाँको भनाई थियो । कार्यक्रमको प्रमुख अतिथि थापाले महिलाहरूलाई कमजोर नसम्झन चेतावनी दिनुभयो । नालापानी युद्धदेखि जनयुद्धसम्म बच्चा बोकेर पनि युद्ध लडेको ईतिहास बताउँदै फेरि पनि आवश्यक पर्यो भने महिलाहरू डाडु, पनियो, कुचो बोकेर आन्दोलन गर्न तयार रहेको दावी गर्नुभयो । चाँडै नै प्रतिनिधि सभा पुनर्स्थापना हुने र महिलाले पाएका सबै अधिकार सुरक्षित रहने पनि बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा० का केन्द्रीय सदस्य तथा अनेमसंघ गण्डकी प्रदेश ईन्चार्ज शुशिला सिम्खडा, पार्टी केन्द्रीय सदस्य, संविधान सभा सदस्य तथा अनेमसंघ केन्द्रीय सदस्य सिता गिरी, पार्टी केन्द्रीय सदस्यहरू किशन शर्मा, रविन्द्र अधिकारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । अखिल नेपाल महिला संघ संघर्ष समिति, नवलपुर संयोजक तथा अनेमसंघ केन्द्रीय सदस्य सरला पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण अनेमसंघ नवलपुर संघर्ष समिति सहसंयोजक सुष्मा काफ्लेले गर्नु भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: