सरकारद्धारा ५८० जनाको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय

फागुन ७ । नेपाल सरकारले ५८० जना कैदीहरुको बाँकी सजाय मिनाहा गर्ने भएको छ । साथै १५ जनालाई आममाफी दिने निर्णय गरेको छ । हरेक वर्षको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसर पारी यो सुविधा दिँदै आएको छ । आज ७१ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको हो ।

उक्त तीनवटै प्रावधानअनुसार कैद कट्टा र माफी मिनाहा हुनेहरुको संख्या ५९५ जना रहेको छ । सजाय मिनाहा पाएकामध्येका १ सय ७९ जना कैदी व्यक्ति हत्यालगायत कसुरमा जन्मकैद सजाय पाएर कारागारमा सजाय भुक्तानरत कैदी रहेका छन् ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले अपराधमा दोषी ठहर भई कानूनी कारबाहीको दायरामा नआई फरार रहेका र केही कैदमै भएका १५ जनालाई आममाफी दिने पनि निर्णय गरेको हो ।

उक्त आममाफीका लागि गृह मन्त्रालयबाट ४० जनाको सिफारिस गएकोमध्ये २५ जनाको सूची फिर्ता गरिएको बताइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: