ट्याक्सी मिटरमा जान मानेनन् ! उसो भए प्रहरीलाई भन्नुहोस

फागुन ७ । मिटरमा जान नमान्ने र बढी भाडा असुल गर्ने ३२ जना ट्याक्सी चालक कारबाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हिजो एकैदिन ३२ जना ट्याक्सी चालकलाई कारबाही गरेको हो ।

बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ३२ जना ट्याक्सी चालक कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै यस्तै प्रकारका ट्याक्सी चालक भए प्रहरीलाई खवर गर्न पनि अनुरोध गरिएको छ ।नजिकको प्रहरी कार्यालय वा ड्युटीमा बस्ने प्रहरीलाइ समेत ट्याक्सी चालकले गरेको बदमासीवारे जानकारी गराए कारवाही गर्ने जनाइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: