सर्यो कांग्रेसको महाधिवेशन, भदौ ७ गते देखि १० गते नयाँ मिति

फागुन ७ । नेपाली काँग्रेस प्रजातान्त्रीक पार्टी भएपनि विधिमा संचालन हुन नसकेको पार्टीको रुपमा यो पटक पनि चित्रित भएको छ । सामान्यत तय चार वर्षे कार्यकाल सकिएपनि अझै नेतृत्वमा नयाँ अनुहार आउन सकेको छैन । घोषित मितिमा महाधिवेशन सुरु भएको भए आज उद्घाटन हुने दिन हो त्यसो त यो पनि विषम परिस्थिती थप भएको समय हो । काँग्रेसले अव पार्टीको आगामी १४ औँ महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । यो वाध्यत्मक समयावधि पनि हो ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले राख्नुभएको उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको हिजो बसेको बैठकले सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी कांग्रेसले गाउँ(नगर वडा अधिवेशन आगामी असार ५ गते, गाउँ(नगरपालिका अधिवेशन असार ७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन १ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ३ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन ६ गते र प्रदेश अधिवेशन साउन १० र ११ गते गर्ने निर्णय गरेको छ ।

कांग्रेसले पार्टीको विधानमा पार्टीका सबै तहका पदाधिकारी र सदस्यहरुको पदावधी चार वर्षको रहेको र असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्थालाई नेपालको संविधान बमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा छ महिना थप गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको छ । उक्त निर्णय पार्टीको आगामी चौधौं महाधिवेशनमा राखिने पार्टी कार्यालयले जनाएको छ ।

बैठकले म्याद समाप्त भएका भारत, अमेरिका, इटाली, जर्मनी, स्पेन, कतार, मलेशिया, न्यूजिल्याण्ड, पोल्याण्ड, चीन, फिनल्याण्ड, आयरलैण्ड, स्वीडेन, स्वीटजरलैण्ड, साउदी अरव, बेल्जियम, जापान र अष्ट्रेलिया, दक्षिण कोरिया, पोर्चुगल, मकाउ, बहराईन, ओमन, फ्रान्स र लग्जम्वर्ग स्थित नेपाली जनसम्पर्क समितिको अवधी समाप्त भएको मितिले आगामी असारभित्र अधिवेशन सम्पन्न गर्ने गरी म्याद थप गर्ने निर्णय समेत गरेको छ ।

बैठकले समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि यही फागुन १५ गतेभित्र तोकेको उहाँले बताउनुभयो । साथै केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि आगामी जेठ २४ गतेभित्र तोकिएको समेत उहाँले बताउनुभयो ।

बैठकले कांग्रेसको विधान बमोजिम क्रियाशील सदस्यता छानविन समितिको संयोजकमा रमेश लेखक र सदस्यहरुमा आनन्दप्रसाद ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीलाई मनोनयन गरेको छ ।

बैठकले प्रतिनिधि सभा विघटनका विरुद्धमा केन्द्रीय कार्यसमितिले घोषणा गरे अनुरुप गत पुस १३ गतेदेखि यही फागुन ३ गतेसम्म विभिन्न तहमा भएका प्रदर्शनमा भएको व्यापक सहभागिताबाट पार्टीले अघि सारेको धारणाका पक्षमा व्यापक जनमत प्रकट भएको ठहर गरेको छ ।

तसर्थ पार्टीको क्रियाशील सदस्यता वितरण र महाधिवेशन तयारीका कार्यहरुलाई असर नपर्ने गरी आन्दोलनलाई निरन्तरता दिंदै कार्यक्रम निर्माण र आयोजना गर्त पार्टी जिल्ला कार्यसमिति एवं विभिन्न तहलाई गर्न निर्देशन समेत दिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: