महिला राष्ट्रपति भएको देशमा खोइत बलात्कारी पक्राउ परेको : नेतृ सरिता प्रसाई

फागुन ३ । नेपाली काँग्रेसकी नेतृ एवम पूर्व मन्त्री सरिता प्रसाईले महिला राष्ट्रपति भएको देशमा महिलानै दिनहुँ असुरक्षित हुनुपर्ने वाध्यता आउनु ठूलो विडम्वना भएको बताउनुभएको छ ।

चितवनमा प्रतिनिधि सभा विघटनविरुद्ध भएको प्रर्दशन कार्यक्रममा उहाँले सो कुरा बतानुभएको हो । महिला छोरी बलात्कार भएर ज्यान गुमाइरहनुपर्दा हत्यारा र बलात्कार पक्राउ नपर्नुले सरकारको क्षमतामा प्रश्न उठेको उहाँको भनाई थियो ।

सरकार आफू स्वच्छेचारी बन्न विभिन्न विद्येयक ऐन ल्याउन सक्ने र त्यसलाई सहजै हस्ताक्षर गर्ने राष्ट्रपतिले देशमा बढ्दै गरेको हत्या बलात्कार जस्ता जघन्य अपराधका घटना नियन्त्रणमा भने कुनै चासो नदिएको उहाँको आरोप थियो । संविधान विपरीतका कदम चाल्न सक्रिय रहेको सरकारलाई सहि मार्गमा हिँड्न वृहत दबाबमूलक कार्यक्रम गर्न काँग्रेस वाध्य भएको प्रसाईको भनाई थियो ।
सो अवसरमा कम्युनिष्ट छाड्नेहरु धमाधम काँग्रेसमा प्रवेश गरिरहेका थिए । जिल्ला सचिव उत्तम जोशीले सहजीकरण गर्नुभएको कार्यक्रममा नेता गगन थापाले सम्वोधन गर्ने तालिका रहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: