काँग्रेस कहिले तरवारसँग लड्यो कहिले दरवारसँग : गगन थापा

फागुन ३ । नेपाली काँग्रेसका प्रभावशाली नेता केन्द्रीय सदस्य पूर्व मन्त्री गगन थापाले काँग्रेस कहिले तरवारसँग त कहिले दरवारसँग लडेको बताउनुभएको छ।

तरवार र दरवारसँग लडेको काँग्रेसले ओलीको असवैधानिक कदम सच्चाएर छाड्ने दावी गर्नुभयो । संविधान र लोकतन्त्र विरोधीहरुलाई कहिल्यै साथ नदिने भन्दै नेता थापाले राजा महाराजाले जस्तो ओलीले कार्यक्रम गरेको भन्दै असवैधानिक कदम चाल्ने व्यक्ति कस्तो रहेछ भनेर हेर्न मात्रै जनता उपस्थित भएको थापाको तर्क थियो ।

प्रधानमन्त्री ओलीले मानिसहरुको उपस्थिती आफ्नो समर्थनमा रहेको भन्ने गलत बुझाई भएको भन्दै हास्य अभिव्यक्ति सुन्न आएको थापाको आरोप थियो । टिकटक देखि सामाजिक संजालमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको मजाक बनाएको भन्दै जनताले नरुचाएको उहाँको तर्क थियो ।
राम्रो काममा काँग्रेसले कुनैपनि ठाउँमा विरोध नगरेको भन्दै नेता थापाले अहिलेको कदम ल्याउनेमा प्रचण्ड माधव झलनाथ खनालको पनि कहिन कहि योगदान रहेको भन्दै काँग्रेसले वेलैमा गरेको खवरदारीमा ध्यान नदिँदा अहिले सडकमा उनीहरु आउनुपरेको बताउनुभयो । शुसिल कोइराला नेतृत्वले बनाएको संविधान कुनैपनि हालतमा तलमाथि हुन नदिने थापाले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: