घुस सहित नायव सुब्बा र लेखापढी पक्राउ

फागुन ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बालाई घुस रकम सहित पक्राउ गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नायव सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाल रू. ८,००० सहित पक्राउ परेका हुन् ।
नायव सुब्बा नरेन्द्र चन्दले सेवाग्राहीलाई शेयर पूजी बढाएको प्रमाण पत्र लिनको लागि लेखापढीको काम गर्ने रामबाबु दाहाललाई भेट्नु भनेकोमा दाहाललाई भेट्ने क्रममा कर्मचारीहरू समेत मिलाउनु पर्छ भनि अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट टोली खटिएको थियो । लेखापढीको काम गर्ने रामबाबु दाहालले रू.८,०००र( (आठ हजार) लिई नायव सुब्बा नरेन्द्र चन्दलाई दिई सकेको अवस्थामा उक्त रकम सहित विभाग परिसरबाट दुबै जनालाई हिजो नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: