आयुक्त गणेशराज जोशीको राजीनामा,राइले सम्हाले अख्तियार प्रमुखकको पद

माघ २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिनुभएको छ । उहाँले दिनुभएको राजीनामा राष्ट्रपति कार्यालयले स्वीकार गरेको बताइएको छ ।

जोशीले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिनुभएको थियो । आफू आयुक्त हुँदा सचिवको हैसियतले काम गरेका व्यक्ति नै प्रमुख आयुक्तमा नियुक्त भएपछि जोशीले राजीनामा दिनुभएको हो ।उहाँ यसअघि कार्यवहाक प्रमुख आयुक्तको जिम्मेवारीमा हुनुहुन्थ्यो । अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राईले बुधबारदेखि नै कार्यभार सम्हाल्नुभएको छ । उहाँ २०७१ साउन ९ देखि फागुन २७ गतेसम्म अख्तियारका सचिव हुँदा त्यति बेला जोशी अख्तियारमा आयुक्त हुनुहुन्थ्यो । २०७१ चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका जोशी ६ वर्षे पदावधिका कारण आगामी चैत १९ गते अवकाश पाउने भएपनि अगावै राजीनामा दिनुभएको हो ।

संविधानमा संवैधानिक निकायका पदाधिकारीले राजीनामा बुझाउनासाथ त्यो स्वीकृत हुने र पद रिक्त हुने व्यवस्था छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: