खुँडा प्रहार गरेर तरुण दलका नेताको हत्या आरोपमा वडाअध्यक्ष सहित ४ जना पक्राउ

माघ १५ । बझाङ जिल्लाको छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर ३ झडिखेल्लामा खुँडा प्रहार गरि हत्या गरिएका तरुण दलका स्थानीय नेताका हत्या आरोपमा वडाअध्यक्ष सहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुलाई आज सार्वजनिक गरिएको छ । छबिसपाथीभेरा गाउँपालिका ३ का २७ बर्षीय अमृत सिंहको हत्यामा संलग्न आरोपमा चार जनालाई प्रहरीले सर्बजनिक गरेको छ ।

मंगलवार स्थानीय बान्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा उनको हत्या गरिएको थियो । चुनावमा पराजित पक्षका युवाहरुले वडानम्वर २ का वडाअधयक्ष विकास ऐडीको मोटरसाइकलमा आएर खुँडा हानेको प्रहरीले जनाएको छ ।

सिंह हत्याको घटनामा संलग्न सोहि गाउँपालिका २ वडाका वडा अध्यक्ष ३६ बर्षीय विकास ऐडी , ३४ बर्षीय प्रकाश ऐडी ३२ बर्षिया,ज्ञान बहादुर कठायत र ३७ बर्षीय केदारमा ऐडी रहेको प्रहरी नायव उपरिक्षक रुपक खड्काले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । वडा अध्यक्ष ऐडिले चड्ने सरकारी नम्बरकोे मोटर साइकल सहित चारै जना हतियार खुडा लिएर मार्ने योजनाले आएका पिडित पक्षले वताएको छ । मृतक तरुण दलका स्थानीय नेता को आज दाहसंस्कार गरिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: