जनगणना २०७८ मा जागिर खान यसो गर्नुहोस्

माघ ११ । राष्ट्रिय जनगणना २०७८ का लागि कर्मचारी माग गरिएको छ । त्यसका लागी अनलाईन आवेदन गर्न आह्वान गरिएको हो । यस पटक अनलाइन आवेदन माग गरिएको हो । त्यसरी अनलाइन आवेदनबाट सर्टलिष्टमा परेकाहरुसँग जिल्लाले थप परीक्षण गरेपछि कर्मचारी राखिने बताइएको छ ।
सुपरिवेक्षकका लागि स्नातक तह वा सोसरह उत्तीर्ण गरेको र १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको तथा महिलाहरु ४५ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ ।
साथै गणकहरुका लागि प्लस टु पास गरेको हुनुपर्ने र उमेर हद उही राखिएको छ ।
थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्न सकिनेछ र सोही अनुसार दिएको निर्देशन पछ्याउँदै फाराम भर्न सकिनेछ ।

https://censushrms.cbs.gov.np/?fbclid=IwAR0zs9Fvp1Y-8xYSCiYXfh8MHevEMF9T7RPVD4W8GwyjvDI2AgmXhzHuSRM

Leave a Reply

Scroll to Top
%d bloggers like this: