कक्षा १२ को नतिजा छिट्टै

माघ १ । कक्षा १२ को परीक्षाफल एक साताभित्र आउने भएको छ । कोरोना र लकडाउनले राष्ट्रियस्तरमा परीक्षा हुन नसकेपनि सम्बन्धीत विद्यालयहरुले परीक्षा चलाएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले अहिले ४० प्रतिशत काम सकिएको र यही गतिमा काम जारी रहे एक साताभिभत्र नतिजा सार्वजनिक गर्ने बताउनुभयो । शिक्षा पत्रकार सञ्जाल नेपाल ९इजोन० ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले विद्यालयबाट प्राप्त नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम भइरहेको र बोर्डले कुल पूर्णाङकको ४० प्रतिशत मात्रै लिखित परीक्षा सञ्चालन गरेको जानकारी दिनुभयो ।
त्यसवाहेक ४० प्रतिशत अंक कक्षा ११ को मूल्यांकन गरेर र २० प्रतिशत विद्यालय आफैले मूल्यांकन गरेर दिनसक्ने निर्णय बोर्डले गरेको थियो । कक्षा १२ मा यो पटक ४ लाख ३१ हजार परीक्षार्थी सहभागी थिए । ४ हजार १ सय केन्द्रमा परीक्षा चलेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: