माघे संक्रान्ति : देवघाटमा भक्तजनको भीड

चितवन, माघ १ । आज माघे संक्रान्ति । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले मकर संक्रान्ति समेत भन्ने गरिन्छ ।
आज चितवन, तनहुँ र नवलपुरको संगम देवघाटधाममा भक्तजनहरुको घुँइचो लागेको छ । विहानै देखि स्नान गर्नेहरुको भीड लागेको हो ।
कोभिड १९ को संक्रमण हुने डरले मेला नलागेपनि स्नान गर्न भने खुल्ला गरिएको थियो । साथै भक्तजनको घुँइचोसँगै सुरक्षा व्यवस्था कडा पारिएको थियो । र्याफ्टीङ व्यवसायीहरुलाई पनि भ्याई नभ्याई रहेको थियो । त्यस्तै झोलुगे पुलमा पनि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
कुनै पनि अप्रिय घटना नघटी शान्तिपूर्ण रुपमा मेला सकिएको बताइएको छ । कोभिड १९ का कारणले विगतका वर्षहरुमा भन्दा यो वर्ष भक्तजनहरुको आवागमनमा कमी आएको थियो । विशेषत चितवन, तनहुँ, नवलपुर, गोरखा, धादिङ, मकवानपुरबाट भक्तजनहरु आएका थिए ।
आजनै त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणीलगायतका ठाउँ तथा नदीनालामा माघ स्नान गर्न भक्तजनको घुइँचो लागेको थियो।

Leave a Reply

Scroll to Top
%d bloggers like this: