बाख्रा पाएपछि थानीय खुसी

नवलपुर, माघ १ । गरिव तथा विपन्न स्थानीयले बाख्रा पाएपछि खुसी भएका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले नेपाल हिल्फे विटीकम जर्मनीसँगको साझेदारीमा देवचुली ६ किर्तिपुरमा आयआर्जनका लागि बाख्रा सहयोग गरेको हो ।
कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले देशको विकास व्यक्तिको आर्थिक विकासबाट मात्र संभव भएको बताउनुभयो
कोरोना महामारीमा धेरै व्यक्तिहरु रोजगारीबाट बिमुख भएको र स्थानीय तहहरुले पनि यसै गरी विभिन्न संस्थाहरुसँगको साझेदारीमा रोजगारी सृजनामा लागि परेको बताउनुभएको थियो ।
समाजमा रहेका अल्पसंख्यक, सिमान्तकृत, गरिव र दलित समुदायका व्यक्तिहरुको आयआर्जनमा सहयोग गर्दै उनीहरुको बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, सरसफाई, बालबालिकाको अतिरिक्त क्रियाकलापमा सहयोग र पठन सिकाईमा सहयोगको लागि सो कार्यक्रम सञ्चालन गरिएको महासचिव शर्माले बताउनुभयो ।

Image may contain: 3 people, people standing, outdoor and nature
संस्थाले आजसम्म चौथो चरणभित्र ८२ घरका प्रत्येक घरलाई २ वटा जमुनापारी र खरी जातका पाठीहरु र ब्याडे बोका वितरण गरिसकेको र सो वडाका १०० घरसम्म उन्नत खालका बाख्राहरुको वितरण गरि समाजको उत्थानको लागि कार्यहरु गरिरहेको संस्थाले बताएको छ ।
आज एक कार्यक्रमका विच १७ घरलाई २ वटा बाख्रा गरी ३४ वटा वितरण गरेको र वर्तमान समयमा कोभिडको कारणबाट रोजगारी बिमुख भएका र गरिव परिवारको लागि संस्थाले गरेको यो सहयोगले आर्थिक रुपमा सवल बनाउनमा सहयोग गर्ने देवचुली ६ का वडा अध्यक्ष मिन बहादुर सोतीले बताउनुभयो । वडाले राम्रो गर्ने घरको छनौट गरेर उपहार स्वरुप अन्य सहयोगहरु समेत गर्ने र त्यसको लागि समेत सवै लागेर कार्यहरु गर्नको लागि र बालबालिकाहरुलाई नियमित रुपमा विद्यालय लैजान, सफा राख्नको लागि र बालविवाहको समेत अन्त्यको लागि लाग्नको लागि वडा अध्यक्ष सोतीले अनुरोध गर्नुभयो ।
बाख्रा वितरण गर्ने कार्यक्रममा संस्थाका सल्लाहकार खिमानन्द भुसाल, कार्यसमितिका पदाधिकारी राजु चापागाई, वडाका जनप्रतिनिधीहरु, अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: