कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चले बाटो खुलाइदियो

पौष २८ । शैक्षिक सत्रनै सकिने समय सम्म पनि कुन पाठ्यक्रमलाई प्रयोगमा ल्याउने भन्ने अन्यौलता कक्षा ११ र १२ मा हटेको छ । आज सर्वोच्चमा परेको रिटको अन्तिम फैसला सँगै उक्त अन्यौलता हटेको हो ।
अदालतले नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलाइदिएको हो । सर्वोच्च अदालतले कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू नगर्न भनेर दायर गरिएको रिट खारेज गरेसंगै नयाँ पाठ्यक्रमका लागि बाटो खुलेको छ ।

सर्वोच्चले मंगलबार नयाँ पाठ्यक्रम लागु नगर्न माग गर्दै दायर गरिएको रिट खारेज भएको फैसला सुनाएको हो । शिक्षा मन्त्रालयले नयाँ पाठ्यक्रम लागु गराउने निर्णय गरे सगै गत असोजमा सर्वोच्चमा यस विरुद्ध रिट दर्ता भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: