स्कूटर जलाउने १ जनालाई प्रहरीले पक्रियो

पौष २७ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले स्कूटर जलाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पौष १४ गते राती करिव ०२ः०० बजेको समयमा जिल्ला स्याङ्जा आँधिखोला गाउँपालिका. २ मडुवा बस्ने खिमानन्द सापकोटाको ग.४ प. ९६३७ नम्बरको स्कूटर घर नजिकै पार्किङ गरी राखेको अवस्थामा जलाइएको थियो ।

घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा स्याङ्जा आँधिखोला ३ बस्ने बर्ष २८ को रबिन क्षेत्रीले जलाएको खुल्न आएकोले उनलाई पक्राउ गरिएको हो ।

रबिन क्षेत्रीलाई पक्राउ गरी आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी मुद्धा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट दिन ०७(सात)को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: