देवघाटमा माघेसंक्रान्ति मेला यो बर्ष नहुने

पौष २२ । देवघाटमा यो वर्ष माघेसंक्रान्ति मेला नहुने भएको छ । कोभिड १९ को संक्रमण जोखिम कायमै रहेकाले मेला नहुने देवघाट क्षेत्रविकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिनुभयो ।

देवघाट क्षेत्र विकास समिति र तीन वटा जिल्लाका सुरुक्षा निकायबीच भएको बैठकले मेला गर्न रोक लगाउने निर्णय गरेको हो । यद्यपी स्नान गर्न आउनेहरुलाई नरोकिने उहाँले बताउनुभयो ।

नेपाल सहित भारतका विभिन्न ठाउँबाट ५ लाख भन्दाबढी भक्तजन आउने गरेको र उक्त भीडलाई व्यवस्थापन गर्न नसकिने भएकाले मेला भर्न रोक लगाइएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: