वायु प्रदुषणबृद्धीबाट थप सचेत रहन आह्वान, आगो नबाल्न आग्रह

पौष २१ । काठमाण्डौ उपत्यकामा वायु प्रदूषणबृद्धि अधिक हुँदै जाँदा सरकारले थप सेचतना अपनाउन आग्रह गरेको छ । मंगलबार विश्वका वायु प्रदुषण हुने ५० सहर मध्ये काठमाडौँ पहिलो नम्बरमा परेको हो ।

वातावरण विभागले बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको बताउंदै स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने बताएको छ । विशेष गरी बालबालिका वृद्ध वृद्धा एवं दम खोकि जस्ता श्वासप्रश्वास सम्बन्धि विरामी र मुटुका बिरामीहरु बढी प्रभावित हुने भएकोले उनीहरुलाई घरबाहिर ननिस्कन विभागले आग्रह गरेको छ ।

त्यस्तै सरकारले फोहोर र आगो बाल्दा वायु प्रदूषण झन् बढ्ने भन्दै यस्तो कार्य नगर्न आग्रह गरेको हो ्र तराई क्षेत्रका शहरहरु नेपालगंज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएकोले तराई क्षेत्रका नागरिकहरुलाई समेत विशेष सावधानी अपनाउन भनिएको छ ।

सबै नागरिकले घरवाहिर निस्किदा विशेष साबधानि अपनाउन वातावरण विभागले अपिल गरेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: