कारको ठक्करबाट बारामा बाघ मर्‍यो

पुस १८ । पूर्वपश्चिम राजमार्गको बारा– जितपुर खण्डमा कारको ठक्करबाट पाटेबाघ मरेको छ ।

जंगलबाट राजमार्ग पार गरिरहेको पाटेबाघलाई बा १६ च ८११ नम्बरको कारले ठक्कर दिएको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा कारको ठक्करबाट बाघ मरेको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो ।

कार चालक सर्लाहीका अजय मिश्र र बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: