पौष १८। चितवन जिल्लाको रत्ननगर १२ जिरौनामा १ सय बर्ष पुरानो बुद्धको मुर्ति फेला परेको छ । मुर्तिसँगै जनप्रतिनिधि सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ठुलो कान्छा तामाङ, सुरज तामाङ र वडा नम्बर ११ मंगलपुरका ४७ बर्षिय सरोज बहादुर योञ्जन रहेको प्रहरीले जनाएको छ।
उक्त मुर्ति एक सय बर्ष पुरानो हुन सक्ने प्रहरीले अनुमान गरेपनि मुर्तिको परीक्षणपश्चात मात्रै पुष्टि हुने डिएसपी रविन कार्कीले बताए । पुरानो पुरातात्विक महत्वको जस्तो देखिने पित्तलको उक्त मुर्ति९रेम्वोच० २७।८२० केजी तौल भएको प्रहरीले जनाएको छ ।
सीआइबीको केन्द्रीय अनुसन्धान टोलीले इलाका प्रहरी कार्यालय रत्ननगरको सहयोगमा उक्त मुर्ति सहित मुर्ति चोरीमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेका मध्ये ४७ बर्षीय सरोज बहादुर योञ्जन जनप्रतिनिधि समेत रहेका छन् ।
मुर्ति चोरेको आरोपमा जनप्रतिनिधि सहित ३ पक्राउ
![](https://i0.wp.com/cbkhabar.com/wp-content/uploads/2021/01/murti-chorne.jpg?fit=1024%2C507&ssl=1)