प्रथम ल्होसार कप खुल्ला फुटसलको उपाधी आयोजकलाई

गैँडाकोट, पौष १६ । एकता तमु गुरुङ समाज गैँडाकोट ४ को आयोजनामा भएको प्रथम ल्होसार कप खुल्ला फुटसल नकआउट प्रतियोगिता सम्पन्न भएको छ । गत पौष १२ गतेदेखि गैँडाकोट क्षेत्रीय रंगशालामा भएको प्रतियोगिताको हिजो समापन गरिएको हो । उपाधी आयोजक एकता तमु समाज गैँडाकोट ४ ले हात पारेको छ ।

च्याम्पियन वन्दै उसले २० हजार नगद, शिल्ड र प्रमाण पत्र प्राप्त गरेको गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले विजय एफएमलाई जानकारी दिनुभयो । त्यस्तै न्यू दिब्यज्योति युवा क्लव चितवनले दोस्रो स्थान हासिल गर्दै १० हजार नगद, शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ । उनीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
ल्होसार पर्वको पूर्वसन्ध्यामा आयोजिक उक्त प्रतियोगिताको प्रमृुख अतिथि गैडाकोट ४ का वडाअध्यक्ष कृष्ण न्यौपानले उद्घटान गर्नुभएको थियो ।

कार्यक्रमका सभापति एवम समाजका अध्यक्ष धनवहादुर गुरुङले चाडपर्वसँगै रमाइलो र स्वास्थ्यका लागि खेल प्रभावकारी भएकाले आयोजना गरेको बताउनुभयो भएको थियो । साथै कोरोनाले ठप्प रहेका खेलकुदका गतिविधि चलायमान गराउन र खेलको माध्यमबाट गैँडाकोटलाई चिनाउन पनि समाजले यो प्रतियोगिताको आयोजना गरेको उहाँको भनाई थियो ।
प्रतियोगितामा नवलपुर, चितवन, तनहुँ, लमजुङबाट गरी २२ टिमको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: