कोरोना संक्रमित घट्दै, सक्रिय संक्रमित ७ हजार कम

पौष १६ । नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । आज विहान सम्म देशभर सक्रिय कोरोना संक्रमितको संख्या जम्मा ६ हजार ३ सय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५११ संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६०० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४७ पुगेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: