यसरी देखाए आफ्नो शक्ति प्रचण्ड–माधव समूहले

पौष १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनगरेपछि उत्पन्न परिस्थिती झन् उत्कर्षमा पुगेको छ । जस अन्तर्गत आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन गरेको छ ।

यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले आज प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जन प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रदर्शनमा नेकपाका शीर्ष नेता सहभागी हुनुभएको छ । भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शनमा शहीद ढोका, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आएर सभामा परिणत भएको हो ।

प्रदर्शनमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतका शीर्ष नेताको सहभागिता रहेको छ । नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो ।

यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ ।
सभामा बोल्दै प्रचण्डले बैठकमा समेत केपी ओलीले बोल्न नदिएको र कुर्ची पनि सारेर हेपेको बताउनुभयो । विगत एक वर्ष देखिनै पार्टी फुटाउन सक्रिय भएको भन्दै संविधानमाथि प्रहार गर्न खोजेको अहिले मात्र नभई यस अघि पनि पटक पटक त्यसो गरेको आरोप लगाउनुभयो । यस अघि पनि पार्टी फुटाउन सहज हुने अध्ययादेश ल्याएको र व्यापक विरोध पछि फिर्ता भएको बताउनुभयो । यस पटक पनि विरोध व्यापक हुनुपर्ने बताउँदै अदालतले पनि जनताको माग बारे बुझ्ने बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: