प्रतिबन्धित विप्लप समुहका ३ कार्यकर्ता पक्राउ

पौष १० । प्रतिबन्धित विप्लप समुहका ३ कार्यकर्ता पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका लगायतका बिभिन्न स्थानमा बस्ने ब्यापार ब्यवसायीहरुलाई फोन गरी धाक धम्कि लगाई प्रतिबन्धित नेकपा (विप्लव समुह ) का अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ काठमाण्डौ जिल्ला समितिका अध्यक्ष ,काठमाडौं जिल्ला सदस्य र गणतात्त्रिक सम्पर्क मञ्च समन्वय समितिको केन्द्रिय सदस्य हुँ भनि चन्दा माग गर्ने र भौतिक कारवाही समेत गर्ने धम्की दिएपछि उनीहरु प्क्राउ परेका हुन् । ब्यवसायिहरुको कार्यालय तथा घरहरुमा गई जबरजस्ती रकम माग गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । अपराध महाशाखको बिशेष टोलिले हिजो पुर्ण बहादुर श्रेष्ठ र नारान बहादुर तोलाङ्गिलाई बनस्थली र सरोज प्रसाद न्यौपानेलाई सुकेधारा बाट पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी वृत्त बालाजु पठाईएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: