प्रधानमन्त्री ओलीद्धारा ८ मन्त्री, १ राज्यमन्त्री थप

पौष ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । हिजो साँझ उहाँले प्रचण्ड नेपाल पक्षलाई छोडेर जानुभएका सहित नयाँ व्यक्तिहरुलाई अवसर दिनुभएको हो । थपिएका ८ मन्त्रीमध्ये ५ जना प्रचण्डलाई छाडेर ओली समूहमा लागेका नेताहरु छन् । प्रचण्डलाई छाडेर ओली समूहमा आएका टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामा मन्त्री हुनुभएको हो । रायमाझीलाई उर्जा, थापालाई खानेपानी, साहलाई सहरी विकास, चौधरीलाई श्रम र लामालाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
यस्तै प्रेमबहादुर आले वन, गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन र जुलीकुमारी महतो महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बन्नुभएको छ ।
जुली स्थायी कमिटी सदस्य रघुवीर महासेठकी पत्नी समेत हुनुहुन्छ । नेकपा विभाजन हुँदा उहाँ ओली समूह छाडेर प्रचण्ड–माधवतिर लाग्नुभएको थियो । पुस ७ मा त्यो समूहको स्थायी कमिटी बैठकमा सहभागी उहाँ फेरि ओली समूहमा फर्किनु भएको हो । त्यस्तै विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्री बनाइएको छ । सबैले शुक्रबार सपथ लिसक्नुभएको छ ।
त्यस्तै केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । प्रभु साहलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएपछि कृष्णगोपाल श्रेष्ठ शिक्षामा , गणेश ठगुन्नाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लिएपछि हृदयेश त्रिपाठी स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयमा, स्वास्थ्यमा रहनुभएका भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री,जुलीकुमारी महतोले महिला, बालबालिका लिँदा लीला श्रेष्ठले कानून मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । कानून मन्त्रालय सह्माल्नु भएको डा. शिवमाया तुम्बाहाम्फेलाई भूमि व्यवस्था र भूमि व्यवस्था सह्माल्नु भएको पद्मा अर्याललाई कृषिको जिम्मेवारी दिइएको छ । उहाँले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योेग राज्यमन्त्री मोती दुगडलाई हटाउनुभएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: