स्थानीय तहमा भ्रष्टचार बढेको प्रतिवेदन राष्ट्रपति समक्ष पेश

पौष १० । नेपालका स्थानीय तहमा सवैभन्दा बढी भ्रष्टचार भएको पाइएको छ । अख्तिया दुरुपयोग अनुसन्धान आयोगका अनुसार धेरै उजुरी स्थानीय तहको विरुद्धमा पर्ने गरेको हो ।
आयोगले आर्थिक वर्ष ०७६/०७७ को वार्षिक प्रतिवेदन हिजो राष्ट्रपतिलाई बुझाएको छ । आयोगका कार्यवाहक प्रमुख आयुक्त डा। गणेशराज जोशीले राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा बुझाउनु भएको हो ।

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसँग सम्बन्धित १० हजार भन्दाबढी उजुरी तामेलीमा रहेको जानकारी दिएको छ । ९ हजार ३८७ उजुरी प्रारम्भिक छानबिनपछि तामेलीमा राखिएको हो भने ७८६ उजुरी सुझाव सहित तामेलीमा पठाइएको सो अवसरमा जानकारी दिइएको थियो ।

राष्ट्रपति भण्डारीलाई बिहीबार बुझाइएको आयोगको ३० औं वार्षिक प्रतिवेदन अनुसार यो अवधिमा १ अर्ब ९ करोड ६२ लाख बिगो माग दाबी गरेर विशेष अदालतमा २०० मुद्दा दर्ता गरिएका छन ।

जसमध्ये गैरकानुनी सम्पत्ति आर्जनतर्फ १८ र एक करोड भन्दा बढी बिगो भएका मुद्दा २९ वटा छन ।

हेर्नुहोस प्रतिवेदन

http://www.ciaa.gov.np/uploads//pressRelease/xN6G9a.pdf

Leave a Reply

Scroll to Top
%d bloggers like this: