पौष १० । पूर्व पश्चिम महेन्द्र राजमार्गको कावासोती खण्डमा हिजो यात्रुवाहक बस पल्टिदा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व० ले दिएको जानकारी अनुसार आज दिउसो कावासोती १४ कोल्टाँडीको जंगल स्थित पूर्व पश्चिम राजमार्गमा पूर्व बाट पश्चिम तर्फ जादै गरेको लु २ ख २१३१ नम्वरको बस र विपरित दिशा तर्फ बाट आउदै गरेको लु १ ख ६५६३ नं। को बस एक आपसमा ठक्कर खान जादा बस पल्टिएर उक्त संख्यामा मानिसहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमध्ये नवलपरासी९पश्चिम०पालि गाउँपालिका १ बस्ने वर्ष ३२ को ईश्वर सहानी, जिल्ला दाङ बस्ने वर्ष १६ का यन प्रसाद बि।क।, कावासोती २ बस्ने वर्ष ३२ की देवी परियार, वर्ष ४३ को भिम ब।परियार , जिल्ला अर्घाखाची मालारानी गा।पा।४ बस्ने वर्ष ४९ की रमाकला खनाल, जिल्ला रुपन्देही बस्ने वर्ष ५७ की सुवाचन केवट ,देवदह न।पा। ११ बस्ने वर्ष १९ को रवि लामिछाने, भारत बस्ने वर्ष ३८ को जगदिश कुमार कुशवाहा, रुपन्देही तिलोतमा ११ बस्ने वर्ष २८ को बिद्वराम रुपाली, भारत बस्ने वर्ष २८ को जयचन्द कसुवाल,रुपन्देहि देवदह न।पा।७ बस्ने वर्ष ३७ को सन्त ब।कार्की, चितवन भरतपुर महानगरपालिका १६ बस्ने वर्ष ५६ का दुर्गा प्रसाद लामिछाने, मध्यविन्दु १३ बस्ने वर्ष १७ को युवराज खनाल , तनहुँ भिमाद नगरपालिका ८ बस्ने वर्ष ३८ को माधव थापा, मन कुमारी परियार र फूलमाया दर्जी उपचार पछि डिस्चार्ज भएका छन् ।
जिल्ला तनहुँ भिमाद १ बस्ने वर्ष ४० को डिल ब।बि।क र वर्ष २३ को लक्ष्मी सुनारको भने मध्यम अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार जारी रहेको प्रहरीले जानकारीदिएको छ ।
महेन्द्र राजमार्गको कावासोतीमा दुई सवारी ठोक्कीदा १८ जना घाइते
