नेकपा फुटको संघारमा : ओली र प्रचण्डनेपाल पक्षको छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बस्दै

पौष ७ । नेकपा पार्टी फुटको संघारमा पुगेको छ । दुवै पक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठकको आह्वान गरेका छन् । बैठकबाट एकले अर्कोलाई कारवाही गर्ने सिफारिस हुने बताइएको छ । अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सल्लाह र निर्णय विना प्रतिनिधि सभा विघटन गरिदिएपछि तातेको नेपाली राजनीति वृत्तमा आजका बैठकहरुले थप महत्व राखेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एवं माधवकुमार नेपाल पक्षको छुट्टाछुट्टै बैठक बस्न लागिएको हो । दुवै पक्षले बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई सूचना पठाएका छन् । प्रधानमन्त्री ओलीपक्षको बैठक बिहान ९ बजेका लागि र कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: