चितवनमा एक वर्षमा ३६ बालिका बलात्कृत

चितवन, पौष ६ । चितवनमा गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा न्यूनिकरण हुन सकेको छैन। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्ता घटनामा बालिका बढि निशानामा परेका छन् ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक पूर्व समिक्षा कार्यक्रममा बोल्दै इन्सेक जिल्ला संयोजक दिपेन्द्र अधिकारीले एक वर्षमा चितवनमा ५१ जना महिला बलात्कृत भएका छन् । जसमा ३६ जना बालिका रहेको र १५ जना महिला रहेका छन् । १८ वर्ष मुनिकालाई बालिका मानिन्छ ।
पुष १ देखि मंसिर मसान्त सम्मको तथ्याङ्कलाई हेर्दा १२ जना महिलामाथि बलात्कार प्रयास भएको छ । यसमा पनि ५ जना बालिका रहेका छन् । त्यस्तै जिल्लामा एक ढेड वर्षीय बालक सहित १३ जनाको हत्या भएको छ । जसमा ४ जना महिलाको हत्या भएको हो । ६ जना बालिका माथि बाल यौन दुव्र्यवहारको घटना भएको छ । त्यस्तै बुहविवाहका घटनामा १४ जना महिला पीडित भएका छन् भने ३ महिला आत्महत्या दुरुत्साहनका कारण ज्यान फालेका छन् । यो एक वर्षमा ४ जना महिला बेचिएका छन् भने वम विस्फोट घटनामा विप्लवका १ पुरुष कार्यकर्ता पक्राउ परेका छन् । चितवनमा हात हतियार शीर्षकमा १ जना पुरुष र राज्य विरुद्ध अपराधमा पनि विप्लवकै ५ जना पुरुष गरी ६ जना कार्यकर्ता पक्राउ परेका छन् ।
शिक्षित र विकसीत जिल्ला भनिएको चितवनमा बालिकाहरुनै गम्भीर प्रकृतिका घटनामा पर्नु लज्जास्पष्द विषय भएको भन्दै यसलाई रोक्न सवै लाग्नुपर्नेमा प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुना कुमारीको जोड थियो । आफू जनप्रतिनिधि भएकै कारण कति घटना मिलाइदिन दबाब आएपनि आफूले कानुन अनुसार नै छिनोफानो गर्न पठाउने गरेको उहाँको भनाई छ । इन्सेकका घटना प्रहरीमा दर्ता भएको मात्रै तथ्याङ् रहेको र यो वाहेक कयौँ घटना दर्ता विनानै घटीरहेको भन्दै भौतिक विकास सँगै मानविय सचेतना र कानुन कार्यान्वयन मा दबाब दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मानवअधिकार कर्मी राजेन्द्र पौडेलले कानुनको नजरमा अपराधि कसैको नहुने भन्दै अपराधिलाई कारवाही गर्ने र सचेतनाका कार्यक्रम गर्न सके शान्तिम समाज निर्माण गर्न सकिने बताउनुभयो । त्यस्तै महिला शसक्तिकरण अभियान चितवनकी अध्यक्ष संगिता भट्टराइले तथ्याङ्कले चितवनवासी भन्नै लज्जा महसुस भएको र जनप्रतिनिधिहरु भौतिक विकासलाई मात्रै समृद्धि ठान्ने प्रवृत्तिले मानव अधिकार उल्लघंनका घटनाको ग्राफ उकालो लागेको बताउनुभयो । संविधानमा सवै अधिकार उल्लेख भएपनि कार्यान्वयन फितलो हुँदा अझै पनि मानिसको मानसिक परिवर्तन हुन नसकेको बताउनुभयो । जसका कारण कूरिती, कूसस्कार उन्मुलन हुन ढिलाई भएको र यो डरलाग्दो रहेको बताउनुभयो । सवै क्षेत्रका व्यक्तिहरु सजग भएमात्रै यी घटना हुन नसक्ने उहाँको भनाई थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: