माडीमा सुख्खा पहिरोका कारण बनेको ताल खुलाइने

पौष ७ । माडीको परुई खोलामा सुख्खा पहिरो झरेर ताल बनेपछि त्यसलाई खुलाइने भएको छ । जिल्ला विपत व्यवस्थापन समितिले हिजो गरेको निरीक्षण पछि ताल खुलाउने निर्णयमा पुगेको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको टोलीले पहिरो क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमनपछि खोला थुनेको पहिरो हटाउने र त्यसका लागि नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा नगरपालिकाको प्राविधिक टोलीले काम थाल्ने भएको छ ।
थुनिएको खोलामा पानी भरिँदै गएमा वर्षातमा एकै साथ फुटेर तल्लो क्षेत्रमा ठूलो नोक्सान हुन सक्ने माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो । त्यही कारण पनि यो हटाइन लागेको हो ।
गत पुस १ गते खोला किनारको डाँडोमा पहिरो जाँदा खोला पुरिएको थियो । माडी नगरपालिका वडा  ७ र ८ को सिमानामा पर्ने परुई खोलाको सिरानमा २० मिटरभन्दा अग्लो पहिरो खसेको हो, जसका कारण अन्दाजी १० मिटरसम्म गहिरो तलाउ बनेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: