ब्रोकर कमिशन घटाउन माग सहित आन्दोलनको घोषणा

मंसिर १९ । ब्रोकर कमिशन घटाउन माग सहित आन्दोलनको घोषणा गर्ने चेतावनी दिइएको छ ।पछिल्लो समय वढ्दै गएको शेयर रकम र त्यसको कारोवारमा लाग्ने कमसिन धेरै भएको भन्दै घटाउन माग गरिएको हो । सेयर खरिदबिक्री वापत तिर्नुपर्ने ब्रोकर कमिशन घटाउन माग गर्दै पुँजी बजारका लगानीकर्ताहरुले आन्दोलन नै गर्ने चेतावनी दिएका छन् ।

पछिल्लो समय एकै दिनमा ८/९ अर्बको कारोबार हुन थालेको तर ब्रोकर कमिशन भने अत्यधिक भएको भन्दै लगानीकर्ताहरुले असन्तुष्टी जनाएका हुन् ।

हाल ब्रोकर कम्पनीहरुले ०.६५ प्रतिशतसम्म ब्रोकर कमिशन लिँदै आएका छन् । यसलाई घटाएर ०.२५ प्रतिशत बनाउनु पर्ने लगानीकर्ताको माग छ ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार ब्रोकर कमिशन घटाउनका लागि शुक्रबार लगानीकर्ताहरुको समूहले नेपाल धितोपत्र बोर्डलाई दबाब दिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: