चितवनमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण

कार्तिक २८ । चितवनमा सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सवारि दुर्घटना न्युनिकरण गर्ने उदेश्यले दिनको साँढे १ बजे देखि साँढे २ बजे सम्म ट्राफिक प्रहरी कार्याल मुग्लिनको आयोजनामा स्वास्थ्य परीक्षण गरिएको हो । सवारी धनीहरुले चालक विरामी हुँदापनि सवारी चलाउन दबाव दिने र स्वास्थ्य भन्दा पनि आम्दानीलाई प्राथमिकता दिँदा हुन सक्ने दुर्घटना न्यूनिकरणका लागि यो कार्यक्रम गरिएको हो । इलाका प्रहरी कार्यालय मुग्लिन र मुग्लिन हाईवे अस्पतालको सहकार्यमा मुग्लिन बजारमा चालकहरूको स्वास्थ्य परिक्षण सम्पन्न भएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: