चितवनका चेपाङलाई छैन दसैँको रौनक, सपना भिलेजले खाद्यन्न दिएपछि खुसी

चितवन, कार्तिक १ । सपना भिलेज सोसियल इम्याक्ट सौराहाले इच्छाकामना गाउँपालिका वडानम्वर १ का ६६५ चेपाङ घरधुरीलाई खाद्यन्न सहयोग गरेको छ ।

ज्याला मजदुरी गरेर कमाएको पैसाले दसैँ मान्दै आएका चेपाङहरु यस वर्ष कोभिड १९ र लकडाउन काम नपाएपछि गाउँ मै वस्न वाध्य थिए । खाद्यन्न अभाव भएर दसैँ नै खल्लो वन्ने भएपछि सपना भिलेजले गाउँपालिकाको आग्रहमा प्रति घरधुरी १५ किलो चामल,१ किलो दाल, १ लिटर तेल र १ पोका नुन सहयोग गरेको अध्यक्ष ध्रुव गिरीले बताउनुभयो । ९ लाख ७५ हजार बरावरको खाद्यन्न सामाग्री सहयोग गरेको बताउँदै गिरीले विपन्न गरिव चेपाङहरुको आर्थिक सामाजिक र शैक्षिक स्तर उकास्न परियोजना मार्फत काम गरिरहेको बताउनुभयो । यो दसैँ दसा वन्ने खतरा रहदा खाद्यन्न सहयोगले उहाँहरुमा केही खुशी मिल्ने बताउनुभयो ।

कार्यक्रमकी प्रमुख अतिथि इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गिता गुरुङले कोभिड १९ र लकडाउनले आम्दानी गुमेका चेपाङहरुमा दसैँको केही खुशीयाली दिन सहयोग कार्यक्रम आह्वान गरे अनुसार खाद्यन्न सहयोग गरिदिएको भन्दै धन्यवाद दिनुभयो । साथै परियोजना प्रभावकारी रहेको भन्दै गाउँपालिकाले पनि चेपाङहरुका जिवनस्तर उकास्न काम गरिरहेको बताउनुभयो ।

कार्यक्रम निर्देशक सुजन वस्नेतले २०७६ साल माघ १ गतेदेखि सवै यात्राको सुरुवात एक सपनाबाट भन्ने स्लोगनका साथ ३ वर्षे परियोजना संचालन गरिएको ठाउँका चेपाङको दसैँ थप दरदनाक नवनोस भनी सहयोग गरेको बताउँदै परियोजनाले चेपाङको जिवनस्तर सुधार्दै लगेको बताउनुभयो । दसैँ थप दरदनाक हुन नदिन आफूहरुले यसरी सहयोग गरेको जानकारी दिनुभयो । आज घटस्थापनाको दिन नै खाद्यन्न सहयोग पाएपछि खुशी भएका चेपाङहरु दसैमा चामलको भात खान पाइएको भन्दै खुशी भएका थिए । ६ महिना आफ्नै उत्पादन र ६ महिना सकसपूर्ण जिवन जिउन वाध्य चेपाङहरु लकडाउन र कोभिड १९ ले झनै समस्यामा परेका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: