नर्वेबाट पहिरो पिडितलाई दुई लाख बढी सहयोग

बेनी, ८ भदौ । नर्बेमा पुगेका म्याग्देलीहरुले गृहजिल्लाका पहिरो पिडितका लागि दुई लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

नर्वेको ओस्लो मा रहनुभएका अर्मन पिपलबोटका मदन कडेलको नेतृत्वमा राजन शेरचन, प्रविन शाही र भगवानी साहीको पहलमा नर्वेमा रहेका नेपालीहरुले दुई लाख २५ हजार १०४ रुपैयाँ सहयोग गरेका हुन् ।

बिमका पहिरो पिडितका लागि एक लाख रुपैयाँ मालिका गाउपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र बिमका वडा अध्यक्ष रेशम जुग्जालीलाई मदन कडेलका भाई पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक प्रेमलाल कडेल (सदन)ले आइतबार हस्तान्तरण गर्नुभएको थियो ।

मराङका पहिरो पिडितहरुका लागि एक लाख रुपैयाँ वडा अध्यक्ष राजाराम सुवेदी र ज्ञानबहादुर गर्बुजाको नाममा प्रभु बैंकमा खोलिएको खातामा सोमबार कडेलले जम्मा गर्नुभएको छ । मंगला गाउपालिका–५ अर्मनका पहिरो पिडितलाई २५ हजार १०४ रुपैयाँ उपलब्ध गराएको कडेलले बताउनुभयो ।

असार २५ र २६ गतेको पहिरोले मराङ र बिममा २७ जनाको मृत्यु तथा तीन जना वेपत्ता भएका थिए । मराङ, बिम, धारापानी, ताकम, काफलडाडा, देविस्थापन, अर्मनमा पहिरोले सँयौ घर विस्थापित भएका छन् ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: