विद्यालयको रकम व्यक्तिगत काममा प्रयोग भएको छैन–अर्जुन मावि

बेनी, ५ भदौ । बेनी नगरपालिका–भकुण्डेमा रहेको अर्जुन माविले विद्यालयको रकम व्यक्तिगत काममा प्रयोग नभएको जनाएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिराबहादुर थापाले बिहीबार एक विज्ञप्ति जारी गर्दै विद्यालयको खाताको रकम झिकेर प्रअ र विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले प्रयोग गरेको भन्ने समाचार प्रति ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

बेनी नगरपालिकाले गत आर्थिक वर्षमा अजूृन माविलाई दुई कोठे ट्रस भवन बनाउन १६ लाख र खानेपानी जम्मा गर्ने टंकी बनाउन चार लाख रुपैयाँ बिनियोजन गरेको थियो । भवन निर्माण योजना फागुन २७ र टंकी बनाउने योजना पुष १ गते उपभोक्ता समिति गठन गरि नगरपालिकासँग सम्झौता भएको थियो ।

कोरोना भाइरसको जोखिम र लकडाउनका कारण निर्माण समितिलाई काम गर्न समस्या भएपछि निर्माण सामग्री खरिद र मजदुरलाई ज्यााला दिन विद्यालयको गरिमा विकास बैंकको बेनी शाखामा रहेको खाताबाट झिकेर तीन लाख रुपैयाँ झिकेर दिएको अध्यक्ष थापाले बताउनुभएको छ ।

‘विद्यालयको भवन र टंकी निर्माण सकिएर नगरपालिकाले भुक्तानी दिएपछि २०७७ साउन २८ गते निर्माण समितिले लगेको पैसा विद्यालयको खातामा जम्मा गरिसकेको छ,’ वडा अध्यक्ष समेत रहनुभएका थापाले भन्नुभयो ‘विद्यालय ब्यवस्थापन समितिको साउन २३ गतेको बैठकको निर्णय र निर्देशन अनुसार निर्माण समितिले सापटी स्वरुप लगेको पैसा फिर्ता गरेपनि व्यक्तिगत काममा प्रयोग गरेको भनेर आरोप लगाइएकोमा ध्यानाकर्षण भएको छ ।’

वडा अध्यक्ष थापाले एक वर्षअघि नेत्रबिक्रम चन्द् (विप्लप) समूहद्धारा आफूमाथि कार्यकक्षमा भएको दुरब्यवहारको तस्बिर र समाचार सेयर गरेर अहिले पनि बदनाम गर्न खोजिएकोमा आपत्ति जनाउदै सामाजिक सञ्जालमा पुरानो तस्बिर राखेर अपमान गर्ने विरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: